२०८१ जेष्ठ ४ गते , शुक्रबार

वाइसीएलको जिल्ला भेला उद्घाटन गजुरेलले गर्ने

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख २० गते , विहीबार
वाइसीएलको जिल्ला भेला उद्घाटन गजुरेलले गर्ने

बिर्तामोड । योङ कम्युनिष्ट लिग (वाइसीएल) को छैटौ झापा जिल्ला  भेलाको उद्घाटन प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितल कुमार) ले गर्ने भएका छन् । शनिबार बिर्तामोडस्थित सिटी सेन्टरमा हुन लागेको भेला उद्घाटन गर्न नेता गजुरेल आउन लागेका हुन् ।
नेकपा (माओवादी केन्द्र) झापामा संयोजक राजु आचार्य (अग्नि) ले केही बर्षदेखि निस्कृय रहँदै आएको माओवादीको युवा संगठन वाइसीएललाई चलायमान बनाउने उदेश्यले जिल्ला भेला आयोजना गरिएको बताए । उनका अनुसार युवाहरुको संगठन वाइसीएललाई सुदृढीकरण गरेर झापामा पुनः उर्जाशिल बनाउने उदेश्यले जिल्ला भेला आयोजना गरिएको हो । 
माओवादी केन्द्रका उप–महासचिव अजम्बर राई, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो, केन्द्रिय सदस्य रन्जित तामाङ, शुसिला घिमिरे लगायतले जिल्ला भेलालाई सम्बोधन गर्ने पार्टीका कोशी प्रदेश सचिवालय सदस्य हिक्मत घिमिरे (डिल्ली) ले बताए । वाइसीएल झापाको ७५ सदस्यीय नयाँ कार्यसमिति निर्माण हुने बताइएको छ । जसमा भेलाले ५३ सदस्यीय समिति चयन गर्नेछ भने अन्य सदस्य समितिले मनोनित गर्ने बताइएको छ ।
भेलामा एक हजार ७ सय वढी युवाहरुको सहभागीता रहने जनाइएको छ । भेलाले नगरबाट एक जना महिलासहित ४ जना र गाउँपालिकाबाट एक जना महिलासहित ३ जनालाई समेटेर नेतृत्व चयन गर्नेछ । 
सोही कार्यक्रमकाबिच झापा जिल्ला खुल्ला नृत्य प्रतियोगिताको अडिसनबाट छनौट भएका ५ जना प्रतियोगीको फाइनल प्रतिष्पर्धा समेत हुने वाइसिएलका झापा संयोजक राजु दर्नालले बताएका छन्। पत्रकार सम्मेलनमा वाइसिएलका केन्द्रिय सदस्य शिवराज घिमिरे, डेभिड शाही, प्रेम ल्वागुन, कोशी प्रदेश इन्चार्ज कर्मा पुलामी मगर, कोशी प्रदेश संयोजक कुमार आचार्य, सदस्य हिमाल शर्मा, बिनोद मण्डललगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार