२०८१ बैशाख २३ गते , आईतबार

उपनिर्वाचन इलाम–२ : खड्कालाई आफ्नैको डर

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १२ गते , बुधबार
उपनिर्वाचन इलाम–२ : खड्कालाई आफ्नैको डर

इलामा इलाम उपचुनावअन्तर्गत नेपाली कांग्रेसले उम्मेदवार बनाएका डम्बर खड्का निर्माण व्यवसायी हुन् आफ्नो क्षेत्रमा उनले ठेक्का पाएका कतिपय योजनाहरू अहिले पनि अलपत्र छन् भन्ज्याङबेलासे सडक अलपत्र बनाएको आरोप उनीमाथि वसन्त नेम्वाङ भौतिक पूर्वाधार विकास मन्त्री भएको बेला भन्ज्याङबेलासे सडकको ठेक्का लागेको थियो

इलाम बजारबाट बिर्तामोड जानेफास्ट ट्र्याकका रूपमा समेत बाटोलाई लिने गरिएको यो सडकको म्याद थपसमेत भएको छैन खड्काले म्याद थपका लागि निवेदन भने दिएका छन् डम्बरले योजनामा काम गर्ने मजदुरलाई समेत पारिश्रमिक नदिएको आरोप यी नै नाराहरूलाई विपक्षीहरूले भित्रभित्रै मुद्दा बनाइरहेका छन्

२०७९ को निर्वाचनमा उपविजेता बनेपछि खड्काले आफ्नै नेता कार्यकर्ताहरुलाई तथानाम गाली गरेको समेत आरोप लाग्ने गरेको

उनी पार्टीभित्र संस्थापन पक्षका मान्छिन् उनलाई गुट मिलाउन पनि हैरान परेको कांग्रेसकै नेताहरू बताउँछन् डम्बरको विपक्षमा वटा गुट रहेको कांग्रेस नेताहरूको भनाइ संस्थापन इतरका भेषराज आचार्यलगायत नेताहरू समेत वैशाख गतेसम्म चुनावी अभियानमा सक्रिय थिएनन् तर, कांग्रेस नेता डा। शेखर कोइरालाको निर्देशनपछि आचार्य फिल्डमा हिँड्न थालेका छन् चुनावी अभियानमा खटे पनि उनी निराश रहेको उनको सम्बोधनले देखाउँछ उनले सम्बोधनका क्रममा आफूले ३९ वर्षसम्म पार्टीमा काम गरेको तर, अवसर नपाएको गुनासो गर्ने गरेका छन् आचार्यलाई स्वच्छ छवि भएको नेता भनेर चिन्ने गरिएको स्थानीय कमिटी, क्षेत्रीय तथा जिल्ला कमिटीले समेत पहिलो नम्बरमा आचार्यको नाम सिफारिस गरेको थियो

इलामका ४२ वटा वडा यस क्षेत्रमा पर्छन् त्यसमध्ये ३७ जना वडा सभापतिहरूले आचार्यको नाम सिफारिस गरेको उनी निकटका नेताहरू बताउँछन् डम्बरको नाम तेस्रो नम्बरमा सिफारिस भएको थियो भेषराज दाइको नाम स्थानीय, क्षेत्रीय, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीले पनि पहिलो नम्बरमा सिफारिस गरेको थियो,’ कांग्रेसका जिल्ला स्तरका एक नेताले भने, ‘केन्द्रमा पहुँचका भरमा खड्काले टिकट ल्याउनुभयो त्यसको असर जिल्लामा प्रत्यक्ष पर्ने अनुमान गरेका छौं गत निर्वाचनमा असहयोग गरेको भन्दै आचार्यसहित २६ जनालाई कारवाही गर्न खड्काले केन्द्रीय कमिटीमा सिफारिस गरेका थिए  

तर, इतर समूहका नेता शेखर कोइराला महामन्त्री गगन थापालगायत भने खड्कालाई चुनाव जिताउन कम्मर कसेर लागेका छन्   महामन्त्री थापा दुईपटक यो क्षेत्रमा आएर मत चुनावी अभियानमा सामेल भए २०८४ मा गठबन्धन नगरी चुनाव जिताउन सकिन्छ भनेर सन्देश दिने प्रमुख समय भएको नेताहरूको भनाइ

सभापति शेरबहादुर देउवालाई गठबन्धन चाहिँदैन, कांग्रेस एकलै चुनाव लड्न सक्छ भन्ने सन्देश दिने उनीहरूको तयारी इलाममा कांग्रेस विभाजित छैन भन्ने सन्देश दिन पनि संस्थापन इतरका नेताहरूले इलाम लाई प्राथमिकता दिएका छन्  आचार्यलाई समेत केन्द्रीय सदस्य दिने आश्वासन सभापति देउवाले दिएको संस्थापन पक्षका नेताहरूले बताएका छन् तर, आचार्यले भने आफूलाई कुनै पनि आश्वासन नदिएको बताएका छन् केन्द्रीय सदस्य केशव बुढाथोकीको निधन भएपछि आचार्यलाई केन्द्रीय सदय बनाउने भनेर संस्थापन पक्षले प्रचार गरिरहेको

यसपटक आचार्यले चुनाव जिताए २०८४ मा डम्बरले दाबी नगर्ने सहमति भएको पनि उनी निकटका नेताहरू बताउँछन् यसपटक कांग्रेस एक ढिक्का भएर चुनाव जित्ने पूर्व केन्द्रीय सदस्य बेनुप प्रसाईँले बताए   

सम्बन्धित समाचार