२०८१ बैशाख २२ गते , शनिबार

वाईसीएल झापाको जिल्ला भेला वैशाख २२ गते हुँदै

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ११ गते , मंगलबार
वाईसीएल झापाको जिल्ला भेला वैशाख २२ गते हुँदै

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको युवा संगठन
योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को छैटौं जिल्ला भेला वैशाख २२ गते हुने भएको छ ।
नयाँ नेतृत्वसमेत चयन गर्ने उक्त भेला बिर्तामोडस्थित सिटी सेन्टरमा हुने वाइसीएल नेपाल झापाका संस्थापक अध्यक्ष राजु आचार्य (अग्नि)ले जानकारी दिए । वाइसीएल नेपाल झापाका संस्थापक पदाधिकारी तथा पूर्व अध्यक्षहरूको मङ्गलबार बिर्तामोडमा भएको भेलामा उक्त जानकारी दिइएको हो । कार्यक्रममा झापाका सबै पालिकाहरूबाट करिब १५ सय युवाहरूको सहभागिता रहने वाइसीएलका झापा अध्यक्ष राजु दर्नालले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले मार्चपास गर्ने, प्रतियोगितात्मक नृत्यको निर्णायक प्रस्तुति रहने लगायतका कार्यक्रमहरू रहेको उनले जानकारी दिए।
संस्थापक पदाधिकारी तथा पूर्व अध्यक्षहरूको भेलामा राजु आचार्य अग्नी, हिक्मत घिमिरे, मोहन टुडु, मोहन नेम्बाङ (सञ्चार), कर्मा पुलामी मगर, निरु खतिवडा (अनु), कुमार आचार्य, रञ्जिता जबेगू (निमा), रोशन कन्दङवा, वर्तमान अध्यक्ष राजु दर्नाल लगायतको उपस्थति रहेको थियो । 

सम्बन्धित समाचार