२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोडमा कुन्ती मोक्तान सांगीतिक साँझ हुने

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ४ गते , शुक्रबार
बिर्तामोडमा कुन्ती मोक्तान सांगीतिक साँझ हुने

बिर्तामोड झापाको बिर्तामोडमा फागुन गते सोमबार कुन्ती मोक्तान सांगीतिक साँझ तथा सम्मान कार्यक्रम हुने भएको २८६०औँ सोनाम ल्होछारको अवसरमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो

बिर्तामोडको होटल हेभन ग्राण्डसँगको सहकार्यमा होटलको प्राङ्गणमा कार्यक्रम गर्न लागिएको हो इन्टरनेशनल तामाङ कल्चरल फाउण्डेसनको आयोजनामा हुन लागेको कार्यक्रमको इभेण्ट मेनेजमेन्ट प्रमिस इन्टरटेन्मेण्टले गर्ने शुक्रबार पत्रकार भेटघाट कार्यक्रम गरी अध्यक्ष केवल तामाङले जानकारी दिए

कार्यक्रममा सांगितिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मोक्तानलाई सम्मानसमेत गरिने अध्यक्ष तामाङले बताए कार्यक्रममा कुन्ती मोक्तानसँगै वरिष्ठ संगीतकार तथा स्रष्टा सिलाबहादुर मोक्तान स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको

सिक्किम, दार्जिलिङबाट पनि पाहुना कार्यक्रममा सहभागि हुन आउने तामाङले बताए साँझ बजेदेखि आयोजना गरिने कार्यक्रममा करिब तीन सय सहभागि हुने आयोजकले जानकारी दिएको कार्यक्रममा दुई जना चार जनाको अलग अलग टेबल राखिने हजार १० हजार टेबल शुल्क लिइने अध्यक्ष तामाङले जानकारी दिए आयोजकका अनुसार सो शुल्क बापत तामाङ सांस्कृतिक परिकारसँगै किसिमका खाद्य परिकार पेय पदार्थ उपलब्ध गराइने

हराउँदै गएको संस्कृतिको जगेर्नामा सहयोग पुर्याउने उद्धेश्यले होटल हेभनले सहकार्य गरेको होटलका सञ्चालक भक्तराज भारतीले बताए

यो कार्यक्रमले विश्वभरका बौद्ध धर्मावलम्बीहरुले मान्दै आएको सोनाम ल्होछारको प्रबर्धन हुनुका साथै स्रष्टाहरुको मनोबल बढ्ने  सचिव सुनिता तामाङले बताइन्

 

सम्बन्धित समाचार