२०८३ बैशाख २० गते , आईतबार
कनकाई नगर बाल सञ्जाल अध्यक्षमा अश्लेसा
बिर्तामोड । झापाको कनकाई नगर बाल सञ्जालको अध्यक्षमा अश्लेसा कडेल चयन भएकी छन् । मंगलबार सम्पन्न सञ्जालको पाँचौँ साधारणसभा तथा पुनर्गठन कार्यक्रमबाट कडेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा उर्मिला भण्डारी, सचिव प्रज्वल आचार्य, सहसचिव रुजा कडेल, कोषाध्यक्षमा एञ्जल खनाल र सहकोषाध्यक्षमा सुजल मैनाली चयन भएका छन् ।
त्यस्तै विजय तिवारी (इभेण्ट संयोजक), रिजन तिम्सिना (आइटी संयोजक), श्रद्धा गौतम, एलिसा पाठक, सुलभ रिमाल र खुशी लुईटेल सदस्यमा चयन भएका छन् ।
सञ्जालका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल र उपप्रमुख आशा शर्मा शिवाकोटीको विशेष आतिथ्य रहेको थियो ।