२०८३ बैशाख २० गते , आईतबार

जनयुद्ध दिवस झापामा विविध कार्यक्रम गरी मनाइयो

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २ गते , बुधबार
जनयुद्ध दिवस झापामा विविध कार्यक्रम गरी मनाइयो

बिर्तामोड फागुन गते २९औँ जनयुद्ध दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको अखिल क्रान्तिकारी, वाइसीएल नेपाल नेकपा माओवादी केन्द्रले विभिन्न स्थानमा फरक फरक कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको हो

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तकारी)ले झापाका आठ वटा क्याम्पस तथा विद्यालयमा रक्तदान, चकलेट तथा डटपेन वितरण, भलिबल प्रतियोगिता, सरसफाई आदि गरेको जिल्ला अध्यक्ष रञ्जन धमलाले जानकारी दिए

अखिल क्रान्तिकारीले दमक बहुमुखी क्याम्पसमा रक्तदान, गौरादह कृषि क्याम्पसमा भलिबल प्रतियोगिता, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, जानकी आधारभुत विद्यालय सुकेडाँगी (मेचीनगर), इन्द्रचन्द्र क्याम्पस, कनकाई क्याम्पस बिर्तामोड त्रिदेव क्याम्पस चारआलीमा डटपेन तथा चकलेट वितरण गरेको अध्यक्ष धमलाले जानकारी दिए शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारामा सरसफाई साथै चकलेट वितरण गरिएको उनले बताए उक्त कार्यक्रमहरु सोहि क्याम्पस समितिको आयोजनामा भएको थियो

वाइसीएल नेपाल अखिल क्रान्तिकारी झापाको संयुक्त आयोजनामा बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम गरिएको थियो

यता नेकपा माओवादी केन्द्रले झापाको विभिन्न चोकहरुमा दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको

 

सम्बन्धित समाचार