लोकतान्त्रिक व्यवसायीक समूहको उम्मेदवार घोषणा
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायीक समूहले उम्मेदवार घोषणा गरेको छ । समूहले मंगलबार अतिथी सदनमा कार्यक्रम आयोजना गरी उम्मेदवार घोषणा गरेको हो ।
अध्यक्ष पदका लागि राजु न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । न्यौपाने वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदका लागि संजीव घिमिरे, उद्योग उपाध्यक्षका लागि विशाल थापा, वाणिज्य उपाध्यक्षका लागि जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल हुमागाईले उम्मेदवारी घोषणा गरेका छन् ।
महासचिवमा कुशल खतिवडा, उद्योग सचिवका लागि पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्ष पदका लागि दिपक मित्तल र सहकोषाध्यक्षका लागि तिलोत्तमा खत्री उम्मेदवार रहेका छन् ।
सदस्यहरु योगेश शर्मा (भट्टराई), दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, अरुण जैन, डिल्ली कोइराला, श्यामकृष्ण पाठक रहेका छन् भने महिला सदस्यहरुमा शुशिला बस्नृत कार्की र निशा साह (गुप्ता) ले उम्मेदवारी घोषणा गरेका छन् ।
उक्त समूहले बिर्तामोडलाई औद्योगिक तथा व्यवसायीक हबका रुपमा विकास गर्न त्यसको स्पष्ट मार्गचित्र तयार गरी सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्यान्वयनमा ल्याइने लगायत २१ बुँदे प्रतिबद्धता जाहेर गरेका छन् ।
निर्वाचन फागुन १४ गतेलाई तय भएको छ ।