२०८३ बैशाख २० गते , आईतबार

प्रहरी बिट दुर्गापुरको भवन उद्घाटन

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १ गते , मंगलबार
प्रहरी बिट दुर्गापुरको भवन उद्घाटन

सुरुङ्गा । झापाको कनकाईस्थित दुर्गापुर प्रहरी बिटको नयाँ भवन मंगलबार उद्घाटन गरिएको छ ।
दुई कठ्ठा क्षेत्रफलमा कनकाई नगरपालिकाको १४ लाख आर्थिक सहयोगमा निर्माण गरिएको चार कोठे भवन कार्यक्रमका अध्यक्ष कनकाई ७ का अध्यक्ष भिष्मभुषण सिटौला र प्रमुख अतिथि कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोख्रेलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले नयाँ भवनले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनुका सेवाग्राहीहरुलाई समयानुकुल सेवा प्रदान गर्न सहज हुने बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्की, ईप्रका सुरुङ्गा प्रमुख प्र.ब.ना.नि. प्रबिन कुमार भट्टराईलगायत उपस्थित थिए । 

सम्बन्धित समाचार