२०८३ बैशाख २० गते , आईतबार

मृत्यु भएको भनिएकी भारतीय मोडेल पुनम पाण्डे जिवितै

sajilo news
परिवेश मिडिया
२०८० माघ २० गते , शनिबार
मृत्यु भएको भनिएकी भारतीय मोडेल पुनम पाण्डे जिवितै

बिर्तामोड । विभिन्न नग्न हर्कतका कारण चर्चामा आइरहने भारतीय अभिनेत्री तथा मोडेल पूनम पाण्डेले फेरि अर्को हर्कत गरेकी छिन । पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको भनिएकी पाण्डे जिवित रहेकी छिन ।
इन्स्टाग्राममार्फत शुक्रबार पाण्डेको मृत्यु भएको खबर सार्वजनिक भएको थियो । भारतीय संचारमाध्यमहरुले प्राथमिकताका साथ पाण्डेको मृत्युको खबर प्रसारण गरेका थिए ।
तर, शनिबार पाण्डेले इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै आफू जिवित रहेको बताएकी छिन । पाण्डेले पाठेघर मुखको क्यान्सरबाट मृत्यु हुन सक्छ भन्ने सचेतना फैल्याउन आफैले आफ्नो मृत्यु भएको खबर फैल्याएको बताएकी छन । यो खबर फैल्याउँदा आफू दुखी भए पनि आफ्नो मृत्युको खबर पश्चात् धेरैले पाठेघरको मुखको क्यान्सरको बारेमा सचेत भएको भन्दै खुसी ब्यक्त गरेकिछन ।

सम्बन्धित समाचार