२०८३ बैशाख २० गते , आईतबार

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ‘सम्पर्कविहीन’

sajilo news
परिवेश मिडिया
२०८० माघ १९ गते , शुक्रबार
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ‘सम्पर्कविहीन’

काठमाण्डौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएपछि नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसम्पर्कविहीन भएका छन्

नेपाल दुरसञ्चार प्राधिकरणका लागिटेरामक्स प्रविधि खरिद गर्ने नीतिगत निर्णयका कारण अरु मन्त्री सचिवहरुसँगै तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की पनि अनुसन्धानको दायरामा परेका थिए

हामीले उहाँलाई केही साता अघिदेखि नै यसवारे के भएको हो, आयोगमा आएर कुरा राखिदिनुर्पयो भनेर पटकपटक आग्रह गरेका थियौं,’ अख्तियार स्रोतले भन्यो, ‘सुरूमा उहाँले राष्ट्रियसभा निर्वाचनको प्रचारप्रसार अभियानमा छु, सकिएपछि आउँछु भन्नुभयो निर्वाचन सकिएपछि उहाँ सम्पर्कविहीन हुनुभएको

पटकपटक बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियारले शुक्रबारसम्म बाटो हेर्ने त्यसपछि थप रणनीति तय गर्ने योजना बनाएको अख्तियार स्रोतले भन्यो, ‘अब फेरि अन्तिम पटक ताकेता होला त्यसपछि समेत नआए के गर्ने भन्नेवारे आयोगले त्यतिबेला नै रणनीति तय गर्ला

सर्वोच्च अदालतले टेरामक्सको टेण्डर रद्द गर्ने निर्णय बदर गरेपछि दोस्रोपटक प्रक्रिया अघि बढेको थियो नेपाल दुरसञ्चार प्राधिकरणबाट पठाइएको बजेटसम्बन्धी प्रस्ताव अनुमोदनका क्रममा तत्कालीन सञ्चारमन्त्री कार्की जोडिएका हुन् बजेट स्वीकृत भइसकेको ठेक्काका लागि रकम नभएको भन्दै नेपाल दुरसञ्चार प्राधिकरणले २०७८ सालमा पुरक बजेटका लागि सञ्चार मन्त्रालयमा स्वीकृति मागेको थियो

प्राधिकरणबाट अघि बढेको त्यो फाइलमा सञ्चार मन्त्रालयका उपसचिव मुकुन्द शर्मालेपूरक बजेटको लागि सहमति दिन मनासिव हुने भनी फाइल अघि बढाएका थिए सहसचिव विनोदप्रकाश सिंहलेमनासिव हुने व्यहोराको राय लेखी प्रक्रिया अघि बढाए

२२ कार्तिक २०७८ मा तत्कालीन सचिव डा. बैकुण्ठ अर्यालले प्रस्ताव अघि बढाए सचिवले प्रस्ताव पेश गरेको तीन दिनपछि २५ कात्तिकमा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूरक बजेटको प्रस्ताव स्वीकृत गरे

उनले फाइलमासदर लेखेपछि त्यही दिन नेपाल दुरसञ्चार प्राधिकरण मातहतको ग्रामीण दूरसञ्चार कोषबाट ७० करोड रुपैयाँ चलाउने बाटो खुलेको थियो ग्रामीण दुरसञ्चारको विकासका लागि प्रयोग हुनुपर्ने बजेट अन्यत्र खर्च भएको भनी प्रश्न उठेको हो

अख्तियारले यो मामिलामा जोडिएका नेपाल दुरसञ्चार प्राधिकरणका पूर्व एवं बहालवाला पदाधिकारीहरु, मन्त्रालयका कर्मचारीहरुको बयान लिइसकेको थियो मुख्यसचिव अर्यालले अख्तियारमा बयान लिइसकेका छन्

मन्त्री मोहनबहादुर बस्नेत नियमित सम्पर्कमा रहेको बताउँदै अख्तियारले उनले बयान गरेको/नगरेको केही खुलाएन अख्तियार स्रोतले भन्यो, ‘पूर्वमन्त्री कार्की भने पटकपटक बोलाउँदा पनि सम्पर्कमा आउनुभएको छैन

पूर्वमन्त्री कार्कीलेअनुमानको भरमा आफूले कुनै प्रतिक्रिया दिन उचित नहुने बताए उनले भने, ‘ यो विषयमा तपाईसँग कुरा नै गर्दिन, अरु केही विषय भए भन्नुहोस्, यो विषयमा बोल्नै चाहन्न अख्तियारले बयानमा बोलाएको आफू गएनगएको विषयमा समेत उनले प्रतिक्रिया दिन चाहेनन्

सम्बन्धित समाचार