२०८३ बैशाख २० गते , आईतबार
चम्पापुरबाट मोटरसाइकल चोरी
बिर्तामोड । झापाको कनकार्य नगरपालिका वडा नम्बर ६ चम्पापुरबाट मोटरसाइकल चोरी भएको छ । स्थानीय फडिन्द्रकुमार गिरीको घरबाट बुधबार मध्यरातमा मोटरसाइकल चोरी भएको हो ।
गिरीको मे ४ प २४९६ नम्बरको १२५ सीसीको कालो रंगको डिस्कोभर मोटरसाइकल चोरी भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । गिरीले मोटरसाइकल घरको बरण्डामा पार्किङ गरी राखेको अवस्थामा बुधबार राति साढे बाह्र बजेतिर चोरी भएको बताइएको छ । पछिल्लो केहि दिन यता झापामा मोटरसाइकल हराउने क्रम बढेको छ ।