२०८३ बैशाख २० गते , आईतबार

झापा इनर्जीको माघ २३ मा उद्घाटन हुने

sajilo news
परिवेश मिडिया
२०८० माघ १८ गते , विहीबार
झापा इनर्जीको माघ २३ मा उद्घाटन हुने

बिर्तामोड झापाको शिवसताक्षी मा स्थापना गरिएको सौर्य ऊर्जा कम्पनी झापा इनर्जी लिमिटेडको माघ २३ गते उद्घाटन गरिने भएको कम्पनीले आज पत्रकार सम्मेलन गरेर नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने जानकारी दिएका हुन्

उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको सञ्चालक सुवास भट्टराईले जानकारी दिए उक्त परियोजनाबाट उत्पादित विद्युत परिक्षण पश्चात नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको परियोजनाबाट हाल निरन्तर उत्पादन भइरहेको उनले बताए आयोजना प्राधिकरणबीच २०७८ मंसिर १२ मै विद्युत खरिद, बिक्री प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको थियो

नेकपा एमालेका सांसद एलपी साँवा लिम्बुको अगुवाईमा स्थापित परियोजनामा ८० करोड लगानी रहेको बताइएको २७ विगाहा जमिनमा सोलार प्यानल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको झापा चार वर्षअघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास २०७८ सालमा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए परियोजनाबाट मौसम सफा हुँदा १० मेघावाट विद्युत उत्पादन हुने बताइएको  

सम्बन्धित समाचार