२०८३ बैशाख २० गते , आईतबार

फोनिज युके पत्रकारिता सम्मान राई र चेपाङलाई

sajilo news
परिवेश मिडिया
२०८० माघ १८ गते , विहीबार
फोनिज युके पत्रकारिता सम्मान राई र चेपाङलाई

झापा फोनिज युके पत्रकारिता सम्मान २०२३ बाट झापाली अग्रज पत्रकार तथा यलम्वर टाइम्सका सम्पादक दिपीन राई  (दिपेन्द्र चाम्लिङ) सम्मानित हुने भएका छन्

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कारबाट प्रेस सेन्टर नेपालका केन्द्रिय सचिवालय सदस्य समेत रहेका राई सम्मानित हुने भएका हुन्

फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाईफोनिज युके पत्रकारिता सम्मान२०२३ प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनौट समितिका प्रमुख सानाम छिरिङ शेर्पाले जानकारी दिए

उनका अनुसार सम्पादक राईसँगैफोनिज युके पत्रकारिता पुरस्कार२०२३ बाट संगीता चेपाङ पुरस्कृत हुने भएकि छन्

सम्मान पुरस्कारको राशी २५२५ हजार रुपैयाँ रहेको

सम्मानित राईले २०४९ सालदेखि विवेचना दैनिकबाट पत्रकरिता शुरु गरेका हुन् पत्रकारिता गरेकै कारण माओवादी द्वन्दकालमा शाही सेनाको बंकरमा रहदै चरम यातना भोगेका राई जनमत साप्ताहिक इटहरी, किरात धर्म साहित्य उत्थान केन्द्रिय समिति लारुम्बा, किराँत राई यायोख्खा केन्द्रिय समिति वातावरणीय पत्रकारीता पुरस्कार, नेपाली सेनाबाट २०७९ महारथी पदकबाट विभुषित तथा सम्मान, संघीय लिम्बुवान राष्ट्रिय पार्टी केन्द्रिय समिति गरि दर्जनौं पुरस्कारबाट पुरस्कृत सम्मानित भइसकेका छन्

त्यस्तै युवा पत्रकार संगीता चेपाङ नेपालमा अति अल्पसंख्यक लोपोन्मुख चेपाङ समुदायका पत्रकार हुन् लोपोन्मुख समुदायबाट पत्रकारिता पेसामा आवद्ध संगीता चितवनबाट प्रसारित इच्छा कामना एफएममा कार्यरत छिन्

पुरस्कारले चेपाङ समुदायबाट अझ बढी पत्रकारीतामा लाग्न प्रोत्साहन प्रेरणा मिल्ने फोनिज युकेले विश्वास लिएको

सम्बन्धित समाचार