प्रतिदिन दैनिक १६औँ बर्षमा प्रबेश
बिर्तामोड । नव संचार गृह प्रालिद्वारा बिर्तामोडबाट नियमित प्रकाशन हुँदै आएको प्रतिदिन राष्ट्रिय दैनिक आजदेखि १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ ।
प्रतिदिनले पूर्वी नेपालमा प्रदेशस्तरकै ‘क’ वर्गको पत्रिका प्रकाशन गरी झापासँगै पुर्वका अन्य जिल्लामा समेत सेवा पुर्याउँदै आएको छ ।
कोरोना प्रभाव र आर्थिक मन्दीका कारण संचार क्षेत्र तहसनहस भईरहेको समयमा पनि प्रतिदिन दैनिकले प्रकाशनलाई निरन्तरता दिँदै आएको छ । प्रतिकुलतालाई अनुकूल बनाउँदै प्रतिदिन दैनिक पत्रिका , प्रतिदिनडेली डटकम अनलाइन र प्रतिदिन टीभी युट्युवमार्फत पाठक र दर्शकहरुलाई पलपलको समाचार र सूचना प्रवाह गर्दै आएको सम्पादक इन्द्रसिंह राजवंशीले बताएका छन । पत्रिकाले स्थानीय क्षेत्रका समाचारलाई प्राथमिकता दिँदै आएको राजवंशीले जनाएका छन ।
पत्रिकालाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्नुहुने आम पाठक, विज्ञापनदाता, व्यवस्थापन पक्ष, वितरक, शुभेच्छुक सबैलाई प्रालिका अध्यक्ष युवराज दाहालले धन्यवाद दिएका छन ।