२०८३ बैशाख २० गते , आईतबार

जहाज मर्मत गर्न अध्यक्ष अधिकारी उदासिन, गम्भीर भएर काम गर्न मन्त्री किराँतीको चेतावनी

sajilo news
परिवेश मिडिया
२०८० माघ १६ गते , मंगलबार
जहाज मर्मत गर्न अध्यक्ष अधिकारी उदासिन, गम्भीर भएर काम गर्न मन्त्री किराँतीको चेतावनी

काठमाण्डौ सन् २०१२ देखिग्राउन्डेड ट्विनअटर जहाज मर्मतमा नेपाल वायुसेवा निगम व्यवस्थापनले आलटाल गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आक्रोशित बनेका छन्

सोमबार जहाज राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ह्यांगर अनुगमन गर्दै मन्त्री किराँतीले गम्भीर भएर काम नगर्ने उच्च पदाधिकारी कर्मचारीप्रति सरकार कडारूपमा प्रस्तुत हुने चेतावनी दिए

महिनाअघि उक्त ट्विनअटर जहाज मर्मत गर्न किराँतीले निर्देशन दिएका थिए त्यसबेला कानुनी प्रक्रिया पूरा भएको दुई महिनाभित्र जहाज मर्मत भइसक्ने निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्री किराँतीलाई बताएका थिए

ग्राउन्डेड जहाज बनाउन बोर्डबाट निर्णय भएको दुई महिना बित्दा पनि जहाज मर्मत नभएपछि सोमबार मन्त्री किराँती अनुगमन गर्न विमानस्थलस्थित ह्यांगर पुगेको उनको सचिवालयले जनाएको

जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किराँतीले सन्तोषजनक जवाफ नपाएपछि उनी कडारूपमा प्रस्तुत भएका थिए

जनताले कागजात हेर्दैनन्, परिणाम चाहेका छन् मलाई परिणाम चाहियो, जहाज कहिलेसम्म बनिसक्छ ?,’ मन्त्री किराँतीले भने, ‘यसको उत्तर चाहियो पहिलाजस्तो ढाँट्न पाइन्न

उनले परिणाम दिन नसक्ने कर्मचारीलाई निगममा किन राख्ने भन्दै प्रश्न गरेका थिए

मलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेका हुन्, प्रधानमन्त्रीले मलाई यो मन्त्रालयको जिम्मा दिनुभएको हो प्रधानमन्त्रीले परिणाम खोज्नुहुन्छ मैले परिणाम दिन नसके मलाई प्रधामन्त्रीज्यूले मन्त्रीको कुर्सीमा किन राख्ने ?,’ उनले प्रश्नको वर्षा गरे

निगमको बोर्ड बैठकबाट करिब २० करोड रुपैयाँसम्म जहाज मर्मतमा लाग्ने खर्चको निर्णय गरेको समेत सचिवालयले जनाएको

जहाज मर्मतका लागि स्पष्ट कार्ययोजना समेत नबनाइ निगम व्यवस्थापनले आलटाल गरिरहेपछि मन्त्री किराँती खरो उत्रिएको उनको सचिवालयले जनाएको

पर्यटनमन्त्री किराँतीले प्रत्येक साता आफू निरीक्षणमा आउने कार्ययोजना अनुसार काम गरेर प्रगति विवरण पेस गर्न निगमलाई निर्देशन दिए

उनले कानुनी बाधा हटाउन आफू तयार रहेको आफूलाई नतिजासँग मात्र सरोकार रहेको बताए

आफूले जति कुनै पनि मन्त्रीले निगमको पक्षमा विगतमा खुलेर बचाउमा नलागेको भन्दै उनले यतिबेला समेत निगम सुधार नभए कहिल्यै पनि नहुने दाबी गरे

सम्बन्धित समाचार