२०८३ बैशाख २० गते , आईतबार

जनपक्षीय पत्रकारिता आजको आवश्यकता : अध्यक्ष जुगल

sajilo news
परिवेश मिडिया
२०८० माघ १४ गते , आईतबार
जनपक्षीय पत्रकारिता आजको आवश्यकता : अध्यक्ष जुगल

बीरगञ्ज प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटाजुगलले जनपक्षीय पत्रकारितामा पत्रकारहरु लाग्न सकिएन भने जनताको पीडा बुझ्न विकासका आधार तयार गर्न नसकिने बताएका छन्

पर्साको बीरगञ्जमा जारी प्रेस सेन्टरको पदाधिकारी बैठकको पूर्व सन्ध्यामा अध्यक्ष सापकोटाले लोकतान्त्रिक गणतन्त्र स्थापना भएर पनि जनताको कष्टकर पीडा बाँच्ने आधार अझै पूर्ण नभएको हुँदा त्यसको खोजी गर्न जनपक्षीय पत्रकारिता आवश्यक भएको बताए

जनताको साथ सहयोगबाटै माओवादी केन्द्र यहाँसम्म आएको बताउँदै जनयुद्धको त्यो कहाली लाग्दो सम्झनालाई मध्यनजर राख्दै जनपक्षीय पत्रकारितालाई मेरुदण्डको रुपमा लिएर जानुपर्ने बताए

प्रेस सेन्टरका संस्थापक तथा पार्टी केन्द्रीय सदस्य महेश्वर दाहालले अझै पनि मिडियाकर्मीहरु ठूला मिडियाबाट पीडित भएको भने जस्तो स्वतन्त्र कलम चलाउन नसकेको अवस्थाबारे आफ्नो धारणा राखेका थिए

पदाधिकारी बैंठक पश्चात केन्द्रीय समितिको बैंठक १२ः३० बजेबाट सुरु भएको थियो बैठकले प्रेस सेन्टरको २०औं स्थापना दिवसका बिषयमा छलफल गरेको प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य दिपिन राईले जानकारी दिए

छलफलमा पत्रकारिताको हक, हित विश्वास उठाउन बृहत बहस भएको थियो माघ १५ गते मनाइने स्थापना दिवसमा प्रधानमन्त्री प्रचण्डको उपस्थिति रहने बताइएको

केन्द्रीय परिषद् भेला माघ १५ गतेसम्म चल्नेछ

सम्बन्धित समाचार