२०८३ बैशाख २० गते , आईतबार

पत्रकार सापकोटाद्वारा लिखित ‘आमसञ्चार र समावेशी पत्रकारिता’ विमोचन

sajilo news
परिवेश मिडिया
२०८० माघ १२ गते , शुक्रबार
पत्रकार सापकोटाद्वारा लिखित ‘आमसञ्चार र समावेशी पत्रकारिता’ विमोचन

बिर्तामोड नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्षसमेत रहेका पत्रकार तारामणी सापकोटाद्वारा लिखित पुस्तकआमसञ्चार समावेशी पत्रकारिता को विमोचन गरिएको आज काठमाण्डौको बानेश्वरमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक विमोचन गरिएको हो

सञ्चार क्षेत्रमा क्रियाशील संस्थामा संलग्न जनशक्ति विषयवस्तुमा समावेशीकरणको यथार्थ समेटिएको सो पुस्तक राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेना आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले संयुक्त रुपमा विमोचन गरे

उक्त पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था पेसागत सङ्घसङ्गठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्याङ्कीय विश्लेषण प्रस्तुत गरिएको पुस्तक विमोचन गर्दै समावेशी आयोगका अध्यक्ष तिमल्सेनाले समावेशीतालाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिए समावेशीता सामुदायिक प्रतिनिधित्व मात्रै नभई समुदायभित्रका भौगोलिक वैचारिक प्रतिनिधित्व पनि भएको उनले बताए विविधतायुक्त समावेशीतालाई अगाडि बढाउनुपर्छ, यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीति आवश्यक ,’ उनले भने

आदिवासी जनजाति आयोगका अध्यक्ष थापाले नीति निर्माण कार्यान्वयन तहमा समावेशीकरण नहुँदा त्यसको प्रभाव राज्यका सबै निकाय सञ्चार माध्यममा पनि परेको बताए समावेशी लोकतन्त्रको पाटो उल्टो बाटोमा जान लागेको महसुस भइरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको समावेशीकरणमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए

पुस्तकमाथि टिप्पणी गर्दै राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले नेपाली समाज विविधतायुक्त भए पनि सञ्चारमाध्यममा विविधता पाउन नसकिएको यथार्थ पुस्तकले दर्शाएको बताए सञ्चार माध्यमले समाजको चित्र ग्रहण गर्न सकेका छैनन्, मिडिया सबल नहुँदा लोकतन्त्र नै सुदृढ हुन नसकेको विषयलाई पुस्तकमा प्रष्टसँग देखाइएको ,’ उनले भने

अध्यक्ष झाले समावेशीकरणको सैद्धान्तिक पक्ष प्रष्ट पार्दै पुस्तकले सञ्चार क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थामा समावेशीताको विषयलाई तथ्याङ्कीय रुपमा पुष्टि गरिएको बताए

टिप्पणीकार एवं सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाले सङ्घर्ष जारी राख्नुपर्ने अवस्था तथा नेपालको इतिहास, वर्तमान भविष्यलाई पुस्तकले मार्गदर्शन गरेको बताए त्यस्तै, अर्का टिप्पणीकार एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले मिडियाको विषयवस्तु कुनै एक जातिको वरपर घुमेको, समाचार कक्ष तथा सञ्चार संस्था समावेशी हुन सकेका छैनन् भन्ने तथ्य पुस्तकले देखाएको बताए

पुस्तकका लेखक सापकोटाले पुस्तकमा सञ्चार माध्यम, सञ्चार संस्था, पत्रकारका पेसागत सङ्घसङ्गठन, संवैधानिक तथा कानुनी आयोग, सञ्चारमाध्यममा प्रकाशनप्रसारण भएका सामग्री, सञ्चारमाध्यममा सहभागिताको अवस्थाको परिमाणात्मक विधिबाट अध्ययन गरिएको जानकारी दिए

सम्बन्धित समाचार