२०८३ बैशाख २० गते , आईतबार

दशनामी समाज बिर्तामोड देशकै उत्कृष्ट

sajilo news
परिवेश मिडिया
२०८० माघ १० गते , बुधबार
दशनामी समाज बिर्तामोड देशकै उत्कृष्ट

बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समिति देशकै उत्कृष्ट भएको दशनामी समाजका वक्ताहरुले बताएका छन् । दशनामी बन्धुहरुलाई एकताबद्ध गर्ने उद्धेश्यले नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आयोजना गरेको बनभोज कार्यक्रमका वक्ताहरुले त्यस्तो बताएका हुन् ।

समाजका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गोबिन्दबिक्रम गिरीले देशका ७६ वटा जिल्लामा दशनामीका संगठन रहेकोमा देशकै सबैभन्दा उत्कृष्ट कार्य गर्ने बिर्तामोड नगर भएको गिरीले बताएका हुन् । 

समाजले नगर समिति, नगर सल्लाहकारसहित केन्द्र, प्रदेश र जिल्लाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बुधवार मेचीनगरको धाइजनस्थित कालीका सिमसार क्षेत्रमा पिकनिकको आयोजना गरेको थियो ।

समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बनभोज कार्यक्रमका संयोजक बिदुर गिरीले गरेका थिए । कार्यक्रमको सञ्चालन सहसंयोजक प्रजित पुरीले गरेका थिए ।

कार्यक्रममा समाजका केन्द्रीय संरक्षक भारतलाल गिरी, केन्द्रिय सल्लाहकार हर्कलाल गिरी, केन्द्रीय सहकोषाध्यक्ष गोबिन्द गिरी, कोशी प्रदेश पूर्व अध्यक्ष चन्द्रप्रसाद गिरी, झापा पूर्व अध्यक्ष खिलबहादुर गिरी (राजु), बिर्तामोड नगर सल्लाहकार नरनाथ गिरीलगायतले बिर्तामोड नगर समितिले गरेको कार्यको प्रशंसासमेत गरेका थिए ।

बनभोज कार्यक्रममा अग्रज पत्रकार गोपाल गिरी, नगर सल्लाहकार बालकृष्ण गिरी, सन्तोष गिरी, शंकर गिरी, समाजका झापा अध्यक्ष केदार गिरीलगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा नृत्य तथा गायन प्रतियोगिता, क्यारिकेचर, म्युजिकलचियर, वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा सहभागिता जनाउनेलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । बाँसुरी धुनतर्फ नारायणप्रसाद गिरी, नृत्यतर्फ पद्मादेवी पुरी, भारतलाल गिरी र विश्वनाथ बनलाई पुरस्कार प्रदान गरिएको नगर अध्यक्ष अर्जुन गिरीले बताए ।

कार्यक्रममा नगर उपाध्यक्ष नारायणप्रसाद गिरीले बाँसुरी बजाएर सबैलाई मनोरन्जन गराएका थिए ।

सम्बन्धित समाचार