२०८३ बैशाख २० गते , आईतबार

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कारका लागि चार जना छनौट

sajilo news
परिवेश मिडिया
२०८० माघ ९ गते , मंगलबार
जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कारका लागि चार जना छनौट

बिर्तामोड जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यसवर्ष वितरण गर्ने पुरस्कारका लागि पुरस्कृत कृति तथा प्रतिभा छनौट गरेको

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले २०८० सालमा प्रदान गरिने पुरस्कारका लागि छनौट समितिले प्रस्ताव गरेका कृति तथा व्यक्ति अनुमोदन गरेको हो

बैठकले २०७९ सालमा प्रकाशित कृतिहरु मध्येबाट झापा भद्रपुर निवासी साहित्यकार होम सुवेदीद्वारा लिखितस्वर्गबाट बितृष्णा जागेपछि नामक कृतिलाई बर्षोत्कृष्ठ कृतिका रुपमा पुरस्कृत गर्ने निर्णय गरेको सचिव राजेन्द्र प्रसाईले जानकारी दिए

त्यस्तै विष्णु चन्द्र पद्मा विशेष प्रतिभा पुरस्कारबाट पुन्यप्रसाद खरेल, धनमाया बर्षोत्कृष्ठ सक्रिय महिला पत्रकारिता पुरस्कारबाट जोस्ना श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको तीनवटै पुरस्कारको राशी जनही २५/२५ हजार रहेको कोषाध्यक्ष डिल्लीराम प्रसाईले जानकारी दिए त्यस्तै अपाङ्गता भएका व्यक्तिलाई पुरस्कृत गरिने पुरस्कारबाट पदम अधिकारीलाई पुरस्कृत गरिने भएको उक्त पुरस्कारको राशी ११ हजार एकसय ११ रुपैयाँ रहेको बताइएको

संस्थाले आगामी फागुन गते बिर्तामोडस्थित आफ्नै सभाहलमा विशेष कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गर्ने कोषका अध्यक्ष प्रसाईले बताए

२०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले साहित्य पत्रकारिता क्षेत्रका साथै अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको

सम्बन्धित समाचार