२०८३ बैशाख २० गते , आईतबार

झापामा एकै दिन चार जना मृत फेला

sajilo news
परिवेश मिडिया
२०८० माघ ९ गते , मंगलबार
झापामा एकै दिन चार जना मृत फेला

बिर्तामोड झापामा आज एकै दिन चार जना मृत फेला परेका छन् जिल्लाका विभिन्न स्थानमा दुई जना महिला दुई जना पुरुष मृत अवस्थामा फेला परेका हुन्

शिवसताक्षी नगरपालिका ११ मैनाचुली बस्ने अन्दाजी ७४ बर्षीया रमनमाया राई गाईको गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको राई पहिलादेखि नै डिप्रेशनको बिरामी भएको आफन्तको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको

त्यस्तै बाह्रदशी गाउँपालिका वडा नम्बर घर भएका २० बर्षीय दिनेश चौधरी कनकाई नगरपालिका वडा नम्बर स्थित सागर बिष्टको घरमा डेरा बस्ने गरेको सोहि घरको कोठामा बिहान १० बजेतिर सिलिङ फेनमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए

दमक नगरपालिका वडा नम्बर प्रतिभा टोल निवासी ६० बर्षीय रामचन्द्र न्यौपाने घरभित्र बाट ताला लगाएको अवस्थामा कोठामा मृत फेला परेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए उनी घरमा एक्लै बस्दै आएको बिहान अबेर छिमेकीले बोलाउँदासमेत नउठेकाले प्रहरीलाई खबर गरेका थिए अस्थायी प्रहरी चौकी ताराबारीबाट गएको प्रहरी टोलीले हेर्दा मुल गेटमा भित्रबाट ताला लगाएको ढोकाको चुकुल नलगाई सुतेको अवस्थामा न्यौपानेलाई मृत फेला पारेका थिए

न्यौपानेको शव दमक अस्पतालमा पोष्टमार्टम गराई बुहारी हेमकला न्यौपानेको जिम्मा लगाइएको प्रहरीले जनाएको

यता सोमबार बिहान अर्जुनधारा नगरपालिका स्थित व्याडमिन्टन कबर्ड हल नजिक माई नगरपालिका वडा नम्बर कलकत्ते निवासी ५० बर्षीया माया मगर शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् मगरको टाउको चोट देखिएका कारण हत्या भएको हुनसक्ने भन्दै प्रदेश प्रहरीको टोलीसहित कुकुर झिकाएर अनुसन्धान गरिएको थियो तर कुकुरले कुनै क्लु पत्ता लगाउन नसकेको प्रहरीले जनाएको प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको मगर बिर्तामोड मा कोठा बस्दै आएकी थिइन्

सम्बन्धित समाचार