२०८३ बैशाख २० गते , आईतबार

महिला मृत्यु प्रकरण : अनुसन्धानमा कुकुर परिचालन

sajilo news
परिवेश मिडिया
२०८० माघ ८ गते , सोमबार
महिला मृत्यु प्रकरण : अनुसन्धानमा कुकुर परिचालन

बिर्तामोड । झापाको अर्जुनधारा–६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै एक महिला मृत फेला परेकी छन् । उनको हत्या भएको हुन सक्ने आशंका भन्दै अनुसन्धानका लागि कुकुर परिचालन गरिएको हो ।
उनको टाउकोमा ढुङ्गाले हिर्काए जस्तो देखिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्य सुचना अधिकारी ढुंण्डिराज गिरीका अनुसार घटनाको अनुसन्धानका लागि प्रदेशको टोली कुकुर सहित आएर काम गरिरहेको छ ।
आज विहान फेला परेको शव बिर्तामोड ५ बस्दै आएकी माया मगरको भएको खुलेको छ । ५० वर्षीय महिलाको टाउकोमा चोट देखिएको प्रहरीको भनाई छ । 

सम्बन्धित समाचार