२०८३ बैशाख २० गते , आईतबार
दाउरा झार्ने क्रममा लडेर मृत्यु
बिर्तामोड । झापाको शिवसताक्षी-११ दुधेका गंगाराम राईको लडेर मृत्यु भएको छ । उनको आज बिहान ८:३० बजे रुखबाट लडेर मृत्यु भएको हो ।
सामुदायिक वनमा दाउरा काट्न गएका राई सुकेको रुखको हाँगा झार्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । उपचारको लागि आम्दा अस्पताल लैजाने क्रममा राईको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।