हल्दिबारी ५ को प्रशासनिक भवन उद्घाटन, दातालाई सम्मान
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ५ को नयाँ प्रशासनिक भवन आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।
२ बर्ष ७ महिनामा तयार भएको कुल ५४ लाख ७० हजारको लागतमा बनेको भवन अपाङ्ग तथा बालमैत्री रहेको छ।
जम्मा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको भवन निर्माणका लागि लागि १ कठ्ठा जग्गा उपलब्ध गराउने हल्दिबारीका दिलकुमार नेम्वाङ, एकराज राना मगर, बार्हदशीका रामप्रसाद दुलाल त्यसैगरी ४ कठ्ठा १० धुर उपलब्ध गराउने हल्दिबारी ४ का वडाध्यक्ष सन्तकुमार थापा, हल्दिबारी ४ कै लाखध्वज कन्दङ्वा, बिर्तामोडका मुकेश विन्दल र सन्तोषी देवी अग्रवाल र १० धुर जग्गा उपलब्ध गराउने हल्दिबारी ५ कि डम्बर कुमारी राईलाई कदरपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो ।
यसैगरी वडा नं ५ का पूर्व जनप्रतिनिधिहरू शेरबहादुर नेम्वाङ, नन्दलाल पराजुली,मदन तामाङ्ग, तारादेवी ढकाल र भिममाया दर्जीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हल्दिबारीका सबै वडाको आफ्नै भवन भएकोमा खुसी व्यक्त गरे ।केन्द्रबाट न्युन बजेट विनियोजन भएपनि कार्यसम्पादनमा हल्दिबारीका जनप्रतिनिधि तथा कर्मचारीहरू अघि रहेको भन्दै निरन्तरता दिन सबैलाई आग्रह गरे।
जग्गादाताका तर्फबाट सम्मानित व्यक्तित्वका दिलकुमार नेम्वाङ, २ नं. वडाका वडाध्यक्ष शुकलाल राजवंशी, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन हल्दिबारी गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।