२०८३ बैशाख २० गते , आईतबार

च्याब्रुङ संरक्षणमा जुट्दै थोकफेवा युवा क्लब

sajilo news
परिवेश मिडिया
२०८० माघ ४ गते , विहीबार
च्याब्रुङ संरक्षणमा जुट्दै थोकफेवा युवा क्लब

इलाम । जिल्लाको फाकफोकथुम ४ साबिक फुएतप्पा लिम्बु गाउँस्थित थोकफेला युवा क्लवका युवाहरू आफ्नो मौलिकतामा आधारित रैथाने बाजा  च्याब्रुङ संरक्षणमा जुटेका छन् । क्लबको आफ्नै स्रोतमा च्याब्रुङ बनाउन लागि परेका हुन् ।

क्लबको आफ्नै आर्थिक स्रोतबाट जातीय बाजा संरक्षण गर्न युवाहरु लागिपरेको थोकफेला युवा क्लवका सल्लाहकार चन्द्र बहादुर लिम्बु र डम्बर बहादुर लिम्बुले जानकारी दिएका छन् ।

बिभिन्न जातजाति मौलिकताका रैथाने कला संस्कृति बाजागाजा लोप भइसकेको अवस्थामा लिम्बु याक्थुङ समुदायहरूको रैथाने बाजा च्याब्रुङ जोगाई राख्नको लागि थोकफेला युवा क्लबद्वारा अहिले तीन वटा च्याब्रुङ बाजा बनाउनको लागि युवाहरू लागिपरेका छन । लोपोन्मुख हुँदै गरेको याक्थुङ लिम्बु समुदायको रैथाने बाजा संरक्षण गरि युवा पिँढीलाई मौलिकतामा आधारित कला संस्कृति बाजागाजा तर्फ आकर्षित गराउन क्लबका सदस्यहरु लागि परिरहेको उनीहरुको भनाई छ । आफ्नो समुदायहरूको भोजभतेर, शुभ विवाह, शुभ कार्यमा अनिवार्य आफ्नै रैथाने बाजा बजाउन प्रेरित गर्ने उद्देश्य रहेको क्लबका संस्थापक सल्लाहकार चन्द्र बहादुर लिम्बुले बताए ।

ती रैथाने बाजा च्याब्रुङ आफ्नो क्लबमा आबद्ध सदस्यहरूको घरमा बजाउँदा प्रति च्याब्रुङ  पाँचसय र क्लब बाहिर च्याब्रुङ बजाउन लगिएमा दुरी अनुसार एक हजार देखि दुई हजार रुपैँयाको दरले शुलक लिने गरेको क्लबका पूर्व अध्यक्ष डम्बर लिम्बुले जानकारी दिए ।

सम्बन्धित समाचार