२०८३ बैशाख २० गते , आईतबार
शेरबहादुर देउवाका छोरा जयवीरको विहे माघ २१ गते
बिर्तामोड । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंहको विवाहको मिति तय भएको छ । यही माघ २१ गते प्रेमिका शिवाना श्रेष्ठसँग उनको विवाह हुन लागेको हो ।
उनीहरुले गत जेठ १ गते पारिवारिक जमघटमा इन्गेजमेन्ट गरेका थिए ।
जयवीर सभापति देउवा तथा सभासद् एवम् नेतृ डा. आरजू राणाका एक्ला सन्तान हुन् । शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन् ।
उनीहरु दुवै जनाले छुट्टाछुट्टै व्यवसाय गर्दै आएका छन् ।