२०८३ बैशाख २० गते , आईतबार

बेल्स मोडेलमा सिलिण्डर पड्कँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

sajilo news
परिवेश मिडिया
२०८० माघ २ गते , मंगलबार
बेल्स मोडेलमा सिलिण्डर पड्कँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर स्थित बेल्स मोडेल ईङ्गलिस बोडिङ्ग स्कुलमा ग्यास सिलिण्डर पड्कँदा दुई जना घाइते भएका छन् एक जनाको अवस्था गम्भिर रहेको  

मंगलबार बिहान १०ः२० बजे विद्यालयको १७औँ बार्षिकोत्सवमा बेलुन फुलाउन प्रयोग गरिएको हाईड्रोजन ग्यासको सिलिण्डर पड्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए सिलिण्डर पड्किएर भएको दुर्घटनामा परि पाटी डेकुरेसन सिलिगुढीबाट आएका भारतीय नागरिक अन्दाजी ५४ बर्षीय गणेश सहनीको कम्मर मुनीको दाहिने खुट्टा चुँडिएको प्रहरीले जनाएको

उनको अवस्था गम्भिर रहेको उपचारका लागि बीएण्डसी अस्पताल लगिएको प्रहरीले जनाएको सोहि विद्यालयमा कक्षा मा अध्यनरत बिर्तामोड का टीका तामाङको छोरी १५ बर्षीया कुसुम तामाङको कानमा समस्या आई उपचारको लागि सोही अस्पतालमा पठाईएको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए  

सम्बन्धित समाचार