२०८३ बैशाख २० गते , आईतबार

गोताखोरले फेला पार्यो त्रिशूलीमा झरेको भारतीय नम्बर प्लेटको बोलेरो

sajilo news
परिवेश मिडिया
२०८० माघ २ गते , मंगलबार
गोताखोरले फेला पार्यो त्रिशूलीमा झरेको भारतीय नम्बर प्लेटको बोलेरो

नारायणगढ त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो

नारायणगढमुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो तर कस्तो खालको गाडी हो कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको थिएन

डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए उनले मानिस भने फेला नपरेको बताए

गाडी खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालयबाट सात जनाको गोताखोरसहित १० जनाको टोली १७ नम्बर गण चितवनबाट  १३ जनाको टोली परिचालन गरिएको थियो

त्रिशूली नदीको पानी मुनि गएका सहायक हवल्दारद्वय डिल्ली भट्टराई मेखबहादुर गुरुङले बोलेरो गाडी रहेको मान्छे नभएको पत्ता लगाएका हुन् उक्त गाडीलाई बाहिर निकाल्ने प्रयास भइरहेको

सम्बन्धित समाचार