२०८३ बैशाख २० गते , आईतबार

एक महिना भित्र टार्गेट पूरा नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइने

sajilo news
परिवेश मिडिया
२०८० माघ १ गते , सोमबार
एक महिना भित्र टार्गेट पूरा नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइने

काठमाण्डौ प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले आफूले दिएका टार्गेट एक महिनाभित्र पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका छन् सोमबार अर्घाखाँचीस्थित सन्धीखर्कको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्

आफू नियमित रूपमा १० बजेभित्रै कार्यालय सिंहदरबार पुगेर मन्त्रालयको रिपोर्टिङ लिने गरेको भन्दै उनले टार्गेट अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएको बताए

अहिले १० बजे नै नियमित रूपमा सिंहदरबार जाने गरेको छु मन्त्रालयको रिपोर्टिङ लिने गरेको छु उहाँहरू एक महिनाको टार्गेट दिएको छु जिम्मेवारी पुरा नगर्नेलाई हेरफेर गरिन्छ, उनले भने

यस्तै उनले आफ्नै कार्यकालमा संघीय निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायत ऐनहरू कार्यान्वयन नहोला कि भन्ने डर भइरहेको बताए त्यसैले आफ्नो काँधमा धेरै जिम्मेवारी भएकाले त्यसलाई गम्भीरतापूर्वक लागि परेको प्रचण्डको भनाइ थियो  

एक वर्षको कार्यकालमा अर्थतन्त्र डुब्यो भन्ने आतङ्कबाट मुक्त भएको उनको जिकिर   अर्थतन्त्रको सूचकाङ्कमा उल्लेख्य सुधार आएको, विदेशी मुद्रा  सञ्चिती इतिहासमै बढी भएको, भुक्तानी सन्तुलन रेमिटेन्स  बढेको, सार्वजनिक संस्थान बिस्तारै नाफामा जान लागेको, बन्द भएको उद्योग सञ्चालन भएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे

यस्तै उनले सामाजिक न्याय सुशासनको क्षेत्रमा सरकारले राम्रो गरेको जिकिर गरे

सम्बन्धित समाचार