२०८३ बैशाख २० गते , आईतबार

आज मकर संक्रान्ति पर्व, उच्च पदस्थहरुद्वारा शुभकामना व्यक्त

sajilo news
परिवेश मिडिया
२०८० माघ १ गते , सोमबार
आज मकर संक्रान्ति पर्व, उच्च पदस्थहरुद्वारा शुभकामना व्यक्त

बिर्तामोड   प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै   माघे सङ्क्रान्तिका दिन पूर्वमा झापाको कनकाई माई इलामको माइबेनीमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता

माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको

यस पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायतले शुभकामना दिएका छन् उनीहरुले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक नेपालमा मनाइने चाडपर्वले जनजनमा नयाँ उमङ्ग उत्साह भर्दै सबैखाले आपसी वैरभाव, मनोमालिन्यता, मनमुटाव विभेद अन्त्यका लागि प्रेरणाको स्रोत बन्न सकोस् भन्ने कामना गरेका छन् यस अवसरमा सबै क्षेत्र, भूगोल, भूभाग, जाति, वर्ग, समुदाय, भाषा, धर्म संस्कृतिको सुदृढीकरण गर्दै राष्ट्रिय एकताका साथै मुलुकको आर्थिक समृद्धि विकासमा एकीकृत दत्तचित्त भई लाग्न उनीहरुले आग्रह गरेका छन्

सम्बन्धित समाचार