२०८३ बैशाख २० गते , आईतबार
द भ्वाइस अफ नेपालका विजेता राई संस्कृति मन्त्रालयद्वारा सम्मानित
बिर्तामोड । ‘द भ्वाइस अफ नेपाल सिजन ५’ का विजेता र कोचलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ ।
द भ्वाइस अफ नेपाल सिजन पाँचका विजेता विनोद राई र कोच मिलन नेवारलाई पर्यटन मन्त्री सुदन किरातीले बधाई तथा सम्मान गरेको हो ।
मन्त्री किरातीले विजेता राई र कोच नेवारलाई आज मन्त्रालयमा बधाई तथा सम्मान गरेका हुन् ।
कोच मिलनको समूहमा रहेका विजेता राई गत शुक्रबार ‘द भ्वाइस अफ नेपाल–५’को विजेता बनेका थिए ।