झापा कारागारका कैदीबन्दीलाई पुस्तक उपहार
भद्रपुर । कारागार कार्यालय चन्द्रगढी झापाका कैदीबन्दीका लागि पुस्तक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघको १८औँ स्थापना दिवसको अवसरमा शनिवार विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुको पठन संस्कृतिको विकासका लागि पुस्तक हस्तान्तरण गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाले जनाएको छ ।
जिल्लाका विभिन्न पुस्तक तथा स्टेसनरी व्यवसायीबाट संकलित १ लाख ५२ हजार ६३६ बराबरको पुस्तक, स्टेसनरी र खेल सामाग्री कैदीबन्दीलाई प्रदान गरिएको महासङघ झापाले जनाएको छ । कारागार भित्र एक कार्यक्रमको आयोजना गरि कैदीबन्दीलाई पुस्तक प्रदान गरेका हुन् ।
व्यवसायीले प्रदान गरेको पुस्तक तथा स्टेसनरी कारागारका आन्तरिक प्रशासन प्रमुख तथा बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावती, उपाध्यक्ष भरत सार्की, सचिव रमेश पोख्रेल र अविरमण्डु माझीले ग्रहण गरेका थिए ।