२०८३ बैशाख २० गते , आईतबार

आज सातौँ राष्ट्रिय भाक्का दिवस मनाईँदै

sajilo news
परिवेश मिडिया
२०८० पौष २९ गते , आईतबार
आज सातौँ राष्ट्रिय भाक्का दिवस मनाईँदै

बिर्तामोड आज पूर्वी नेपालको झापा, मोरङ सुनसरीका राजवंशी समुदायले भाक्का दिवस मनाउँदै छन् सातौँ संस्करणको भाक्का दिवस झापाको बिर्तामोडस्थित डोलामाल राजवंशी रंगशाला भद्रपुरको सिटी गार्डेनमा आयोजना गरिएको

भाक्का दिवसको अवसरमा राजवंशी समाज विकास समितिले भव्य कार्यक्रमको आयोजना गरेको

प्रत्येक बर्षको पुस २९ गते राष्ट्रिय भाक्का दिवस मनाइदै आएको राजबंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष अभय राजवंशीका अनुसार बिर्तामोडमा हुने कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सहभागी हुने छन्

राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजा भाक्काको प्रवद्र्धन, संरक्षण विकासमा योगदान दिने उद्देश्यले राष्ट्रिय भाक्का दिवस मनाउन थालिएको उनको भनाई

भाक्का दिवस सुरु भएपछि तराईको जाडोयाममा भाक्का पर्यटनलाई समेत टेवा पुर्याउने बाह्रै महिना जाडो हुने पहाडी हिमाली क्षेत्रमा थोरै लगानीमा साना रोजगारका महत्वपूर्ण ढोकाहरु खोलिँदै गएको उनले जानकारी दिए

भक्का दिवसमा १५० जना महिलाहरुले दुई हजार किलोग्राम चामलबाट तयार भएको पिठोबाट भाक्का बनाउने छन्

कार्यक्रममा प्रस्तुुतिका लागि भारतीय गायिका नीलञ्जना राय झापा आउने पक्का भएको पश्चिम बंगालकी राय सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता २०१८ को इण्डियन आइडल जुनियरमा तेस्रो भएकी थिइन्

त्यस्तै, सेलिब्रेटी सेफ सन्तोष शाह पनि कार्यक्रममा सहभागी हुने आयोजकले जानकारी दिएको कार्यक्रममा कलाकारहरुको सामुहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ

सम्बन्धित समाचार