२०८३ बैशाख २० गते , आईतबार

झापाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० पौष २९ गते , आईतबार
झापाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु

बिर्तामोड शनिबार झापाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको कमल गाउँपालिका, चुलाचुली मोडमा भएको दुर्घटनामा परी कनकाई निवासी ७० बर्षीय रघुनाथ भट्टराई शिवसताक्षीमा भएको दुर्घटनामा परी तत्काल नामथर वतन नखुलेका एक जनाको मृत्यु भएको हो

शनिबार दिउँसो ३ः५५ बजे पूर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्व गई बाटो क्रस गर्दै गरेको मे ३१५२ नम्बरको (१५० सीसी) को मोटरसाइकललाई सोहि दिशाबाट जाँदै गरेको प्र ०१०१६ ८९९२ नम्बरको (१२५ सीसी) को मोटरसाइकलले ठक्कर दिई दुर्घटना हुँदा विपरित दिशाबाट आउदै गरेको प्र ०१०१६ ७१४० नम्बरको (१२५ सीसी)को स्कुटर समेत आई ठक्कर खाई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको

दुर्घटनामा परि प्र ०१०१६ ८९९२ नम्बरको मोटरसाइकलको पछाडी सवार भट्टराईको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको र उपचारका लागि लाइफ लाइन अस्पताल दमक लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको प्रहरीका अनुसार उक्त मोटरसाइकलका चालक कनकाई निवासी ५३ बर्षीय चन्द्रप्रसाद भट्टराई प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेका छन्

मे ३१५२ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका- बस्ने अन्दाजी ५५६० बर्षका देवप्रसाद बजगाईको अनुहारमा सामान्य चोट लागेको लाइफलाइन अस्पताल दमकमा प्राथमिक उपचार पश्चात बीएण्डसी अस्पताल पठाइएको

त्यस्तै तत्काल नामथर वतन नखुलेको प्र ०१०१६ ७१४० नम्बरकोस्कुटर चालक उपचारका लागि गएको प्रहरीले जनाएको तीन वटै सवारी साधन प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको  

यता शिवसताक्षी नगरपालिका१० सैनिक चोकमा साँझ ६ः०० बजे भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको सैनिक चौक स्थित पूर्व पश्चिम लोकमार्गमा पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको बा १४ ६६०३ नम्बरको कार बिपरित दिशा बाट जाँदै गरेको मे १० ७२१२ नम्बरको (१६० सिसि) को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तत्काल नामथर वतन नखुलेका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको

उक्त दुर्घटनामा परि कार चालक बिर्तामोड निवासी ५० बर्षीय अनिलकुमार शाह सामान्य घाइते भएको कनकाई अस्पताल बिर्तामोडमा उपचार भइरहेको, सोहि ठाउँ बस्ने ५३ बर्षीय जयप्रकाश शाह ४४ बर्षीय रञ्जन शाह सामान्य घाइते भएको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको ५३ बर्षीय ललित शाह सामान्य घाइते भएको प्रहरीले जनाएको

मोटरसाइकलमा रहेका तत्काल नामथर वतन नखुलेको अन्दाजी बर्ष २५ को अनुप ढकालको शरिरको बिभिन्न भागमा चोट लागेको बोल्न नसक्ने गम्भिर अवस्थामा बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको

दुवै सवारी साधन अस्थायी प्रहरी चौकी माइधारको नियन्त्रणमा रहेको

सम्बन्धित समाचार