२०८३ बैशाख २० गते , आईतबार

मेचीनगर लेडी जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० पौष २८ गते , शनिबार
मेचीनगर लेडी जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बिर्तामोड मेचीनगर लेडी जेसिजको १०औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको शनिबार धुलाबारीस्थित कृष्ण पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न गरिएको हो

कार्यक्रममा बर्ष २०२३ की अध्यक्ष रश्मी थापाले बर्ष २०२४ का लागि नव निवार्चित अध्यक्ष पवित्रा विमली प्रसाईलाई सपथ ग्रहण गराएकी थिइन् नव निर्वाचित अध्यक्ष प्रसाईले अन्य पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी थिइन्

कार्यक्रममा मेचीनगर लेडी जेसिजकी संस्थापक अध्यक्ष कविता शर्माद्वारा आफ्नो सासु ससुरा साबित्री पर्शुराम शर्माको स्मृतिमा स्थापित पुरस्कारबाट जेसी लक्ष्मी कोइराला सम्मानित भइन्

त्यस्तै जयन्ती बरालको नाममा स्थापित पुरस्कार बर्ष २०२३ की तालिम संयोजक जेसी शर्मिला तिम्सिनालाई प्रदान गरिएको थियो

यता मेचीनगरस्थित सिंगापुर बेभरेज नेपाल प्रालि.का प्रबन्ध निर्देशक अर्जुनधारा झापा निवासी युवा व्यवसायी डा. आशिष शर्मालाई समेत पुरस्कृत गरिएको थियो

पद ग्रहण गर्दै अध्यक्ष पवित्रा विमली प्रसाईले आफ्नो कार्यकालमा गरिने कार्यक्रमहरु प्रस्तुत गरेकी थिइन् उनले आफुलाई अध्यक्षको जिम्मेवारी दिने सबैलाई धन्यवाद दिइन्

अध्यक्षको अन्तिम मन्तव्य राख्दै बर्ष २०२३ की अध्यक्ष रश्मी थापाले आफुलाई जेसिज सदस्य बन्न प्रेरित गर्ने आफ्नो परिवार, आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सदस्य तथा शुभेच्छुकलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिइन्

कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोखरेलले जेसिज युवाहरुको नेतृत्व व्यक्तित्व विकास गर्दै उद्यमशिल बन्न सहयोग गर्ने सामाजिक संस्था रहेको बताए दैनिक ठूलो संख्या युवाहरु विदेश पलायन भइरहेको भन्दै अध्यक्ष पोखरेलले युवाहरुलाई स्वदेशमै उद्यमी बन्न जेसिजले प्रेरित गर्ने बताए जेसिजको महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको क्षेत्रीय सम्मेलन आगामी भदौमा मेचीनगर लेडी जेसिजले आयोजना गर्ने बताउँदै उक्त कार्यक्रमलाई सफल बनाउन सक्रियतापूर्वक लाग्न सबैलाई आग्रह गरे जेसिजको कार्यक्रम लामो, भद्दा तडकभडक हुन्छ भन्ने आम बुझाईलाई आफ्नो कार्यकालमा त्यस्तो हुन नदिने बताए पोखरेलले जेसिजका कार्यक्रमहरुलाई रचनात्मक एउटा सिक्ने प्लेटफर्मको रुपमा विकास गरिने बताए

कार्यक्रममा नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष भिम कुवँर, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईले शुभकामना दिएका थिए

बर्ष २०२३ की अध्यक्ष रश्मी थापाको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सविता पोखरेलले सञ्चालन गरेकी थिइन् भने कार्यकारीणी उपाध्यक्ष सुष्मा राजवंशीले स्वागत गरेकी थिइन्  

सम्बन्धित समाचार