२०८३ बैशाख २० गते , आईतबार

सन्दीप लामिछानेलाई ८ बर्ष कैद, जेल बाहिर बसेरै पुनरावेदन गर्न पाउने

sajilo news
परिवेश मिडिया
२०८० पौष २५ गते , बुधबार
सन्दीप लामिछानेलाई ८ बर्ष कैद, जेल बाहिर बसेरै पुनरावेदन गर्न पाउने

काठमाण्डौ क्रिकेटर सन्दीप लामिछानेलाई वर्ष कैद सजाय तोकिएको काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् यसैगरी बलात्कार कसुरमा लामिछानेलाई लाख जरिवानाका साथै पीडितलाई लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको

यसअघि गत पुस १३ गते  न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो जसअनुसार बुधबारका लागि सवाजय निर्धारणका लागि पेसी तोकिएअनुसार वर्ष कैद सजाय जरिवानाको फैसला भएको हो

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर

यसैबीच लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका छन्

थुनाबाहिरै बसेर पुनरावेदन गर्न पाउने

जबरजस्ती करणीको कसुरमा दोषी ठहर भएपनि लामिछानेले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन् मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार उनले यो सुविधा पाउने भएका हुन्

जबरजस्ती करणीको कसुरमा लामिछाने दोषी ठहर भएपनि जाहेरवाली किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगिसकेको कारण लामिछानेलाई अधिकतम १० वर्ष कैद सजाय हुने सो बापत हुनसक्ने अधिकतम जरिवाना कैदवापतको रकम पनि धरौटीमा रहेको कारण उनी थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका हुन्

 

सम्बन्धित समाचार