२०८३ बैशाख २० गते , आईतबार

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रदेशको पहिलो पालिका बन्यो बेलबारी

sajilo news
परिवेश मिडिया
२०८० पौष २४ गते , मंगलबार
सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रदेशको पहिलो पालिका बन्यो बेलबारी

बिर्तामोड नेपाल सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बेलबारी नगरपालिका कोशी प्रदेशकै पहिलो पालिका बनेको

सरकारको मुख्य प्राथमिकताको क्षेत्रका रुपमा रहेको सामाजिक सुरक्षा कोषमा आम श्रमिकवर्गलाई जोड्ने सरकारको विशेष योजना अन्तर्गत मोरङको बेलबारी नगरपालिका अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गर्ने कोशी प्रदेशको पहिलो नगरपालिका बनेको हो

कोषका तर्फबाट कोशी प्रदेश अन्तर्गत विराटनगर शाखा प्रमुख सौरभ मिश्र बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईबिच सम्झौता भएको हो सम्झौताको क्रममा नगरपालिकाका उपप्रमुख नितु थापा कोषका तर्फबाट महेश प्रधानको समेत उपस्थिति रहेको थियो

सम्झौतापछि बोल्दै नगर प्रमुख राईले नगरपालिका क्षेत्र भित्रका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई आगामी माघदेखि नियमित रुपमा सहयोगदान गर्ने बताए साथै आगामी आर्थिक वर्षको लागि श्रोत व्यवस्थापन गरी पालिकामा कार्यरत अस्थाई तथा करार कर्मचारीलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्ययोजना रहेको बताए

सो अवसरमा कोषका तर्फबाट बोल्दै विराटनगर शाखा प्रमुख सौरभ मिश्रले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कोशी प्रदेशकै पहिलो स्थानीय तह बनेकोमा सिंगो बेलबारी नगरपालिकालाई बधाई दिए वर्तमान सन्दर्भमा जनताको जीवनयापन तथा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताए यस अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताए

सोही अवसरमा बेलबारी नगरपालिका नगर क्षेत्रभित्रका अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिक, जनप्रतिनिधि तथा कोषबिचमा कोषमा आबद्धताका सम्बन्धमा तथा कोषका बारेमा त्रिपक्षीय अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको शाखा कार्यालय विराटनगरका सम्पर्क व्यक्ति महेश प्रधानले बताए  

सम्बन्धित समाचार