मोटरसाइकल दुर्घटनामा तीन बालक घाइते
सुरुङ्गा । झापाको कनकाई नगरपालिका–३ चारआली चोकमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि तीनजना बालक घाईते भएका छन ।
सोमबार बेलुका ५ बजे भएको दुर्घटनामा स्थानीय १६ बर्षीय सुसन थापा, १५ बर्षीय सोहन बिक र १५ बर्षीय राजु लुँइटेल घाईते भएका हुन । को ३९ प ३५२८ मोटरसाइकल दुर्घटनामा चालक सुसन थापा र साथमा सवार रहेका सोहन बिकको बिर्तामोड स्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइते राजु लुईटेलको कनकाई हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको चिकित्सकले जनाएका छन् । दुर्घटनामा मोटरसाइकल पूर्ण क्षति भएको छ ।
सडक किनारमा रहेको फलामको पोलमा मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।