२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोड उवा संघमा कामना उप्रेती उम्मेदवारको आकांक्षी

sajilo news
परिवेश मिडिया
२०८० पौष २३ गते , सोमबार
बिर्तामोड उवा संघमा कामना उप्रेती उम्मेदवारको आकांक्षी

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि बिर्तामोड-४ निवासी कामना उप्रेतीले उम्मेदवार बन्ने घोषणा गरेकी छन ।
उप्रेतीले सामाजिक संजाल फेसबुकमार्फत आफू वाणिज्य संघको उम्मेदवार बन्ने घोषणा गरेकी हुन ।
पूर्वकाे ब्यापारीक नगरी   बिर्तामोडमा सञ्चालित साई अटो माेबाइल्स प्रालि तथा कामना इलेक्ट्रोनिक्समार्फत बिगत १७ बर्ष भन्दा लामाे समयदेखि ब्यवसायिक क्षेत्रमा काम गर्दै आएको उप्रेतीले जनाएकी छन ।
'परिवारका लागि ब्यवसाय र समाजका लागि सेवा' आफ्नो बाल्यकालदेखि कै सपना भएको भन्दै उप्रेतीले समाजको नेतृत्वदायी भुमिकाप्रति आफ्नो मन,भावना र कर्महरु लागि रहेको र अवसरकाे खाेजिमा रहेको उल्लेख गरेकी छन ।
बिर्तामोड-४ मा रहेर गाउँटोलको विभिन्न महिला समूह, महिला उद्यमी संघ नेपाल साथै  वीरता लेडी जेसीजमा जाेडिएर काम गरेको र  उत्कृष्ट जेसीज सम्मान २०१७ बाट सम्मानित भए पश्चात् आफुमा सामाजिक कामप्रति अझ हाैषला र प्रेरणा थपिएको उप्रेतीले जनाएकी छन ।
बिर्तामोड उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्यमी समुहको सदस्यदेखि हाल उपाध्यक्षकाे भुमिकामा रहेर काम गरिरहेको जनाउँदै उनले आसन्न निर्वाचनमा आफुले उम्मेदवारी दिन लागेकाले सहयोगका लागि आह्वान गरि छन । 

उवा संघको निर्वाचन फागुन १४ गतेका लागि तय भएको छ । 

सम्बन्धित समाचार