२०८३ बैशाख २० गते , आईतबार

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई जना घाइते

sajilo news
परिवेश मिडिया
२०८० पौष २२ गते , आईतबार
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई जना घाइते

बिर्तामोड झापाको बिर्तामोड स्थित चारपानेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्

शनिबार साँझ साढे बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७२४८ नम्बरको मोटरसाइकललाई सोहि दिशा तर्फ जाँदै गरेको प्र ०१००२ ०१४९ नम्बरको बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको उक्त दुर्घटनामा परि मोटरसाइकल चालक कनकाई नगरपालिका का ४४ बर्षीय तोयानाथ उप्रेती, पछाडी सवार दुई जना बाह्रदशी बस्ने ४० बर्षीय सागर माझी अर्जुनधारा बस्ने ५९ बर्षीय रविनाथ सिटौला गम्भिर घाइते भएका थिए

घाइतेद्वय उप्रेती सागर माझीलाई उपचारको लागि बिर्ता सिटी अस्पताल सिटौलालाई बीएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा मोटरसाइकल चालक उप्रेतीको ६:५० बजे मृत्यु भएको प्रहरीले जनाएको अन्य घाइते माझी सिटौलाको उपचार भइरहेको

घटनामा परेका मोटरसाइकल, बस बस चालक रतुवामाई नगरपालिका , मोरङका ४० बर्षीय पूर्णबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको  

सम्बन्धित समाचार