२०८३ बैशाख २० गते , आईतबार

सुन तस्करी जाँचबुझ आयोगको म्याद दुई महिना थप

sajilo news
परिवेश मिडिया
२०८० पौष २१ गते , शनिबार
सुन तस्करी जाँचबुझ आयोगको म्याद दुई महिना थप

काठमाण्डौ सरकारले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद महिना थप गरेको विद्युतीय चुरोट (भेप)  सवारीसाधनका ब्रेक सुलगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन गरी संलग्नमाथि कारबाही सिफारिस गर्न सरकारले असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो

पूर्वएआईजी सहकुल थापा पूर्वसहसचिवद्वय किशोरजंग कार्की प्रेमराज जोशीसमेत सम्मिलित चार सदस्यीय आयोगलाई पुस १६ सम्म काम सक्न समय तोकिएको थियो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान दायरामा ल्याएका ३३ जनासँग बयान, विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिसँग रायरपरामर्श एवं केही भन्सार क्षेत्रको निरीक्षण कागजात अध्ययनमै आयोगले तीन महिना गुजारेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले मन्त्रिपरिषद् बैठकले आयोगलाई जिम्मेवारी पूरा गर्न फागुन १६ सम्म समय थपिएको बताए आयोगले पुस मा गृह मन्त्रालयलाई पत्र लेख्दै चैत १६ सम्म समय थप्न आग्रह गरेको थियो

२०७९ पुस १० मा दुबईबाट भेपमा किलो सुन भित्रिएको थियो भने हङकङबाट विमानमा कार्गो गरी ल्याएर भन्सार जाँच पार गरिसकेको अवस्थामा साउन गते सिनामंगल सडकबाट करिब ६१ किलो सुन बरामद भएको थियो सीआईबीले यस प्रकरणमा अनुसन्धान गरिरहेका बेला सरकारले पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो

एमालेसँगै अन्य विपक्षी दलले प्रहरी अनुसन्धानलाई सरकारले प्रभावमा पारेको भन्दै आयोगमार्फत जाँचबुझ गर्नुपर्ने माग गरेका थिए त्यसपछि प्रहरीबाट भइरहेको अनुसन्धान टुंगोमा पुगेपछि आयोग गठन गर्न सरकार सहमत भएको थियो सुन तस्करी प्रकरणमा सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आरोपितविरुद्ध संगठित अपराध, भन्सार छलीलगायत कसुरमा प्रतिवादी बनाएर मुद्दा दायर गरेपछि जाँचबुझ आयोगले काम सुरु गरेको थियो

आयोगलाई दिइएको कार्यादेशमा सुन प्रकरणमा निष्पक्ष छानबिन गर्नेदेखि शंकास्पदसँग बयान लिने, अनुसन्धानको दायरा बाहिर रहेकामाथि अनुसन्धान एवं करबाहीका लागि सिफारिस गर्ने, कानुनी संरचनागत सुधारका लागि सुझाव दिनेलगायत विषय समेटिएका छन् आयोगका अध्यक्ष आचार्यले तोकिएको जिम्मेवारी पूरा गर्न आयोगलाई समय अपुग भएपछि सरकारबाट महिना थप भएर आएको बताए

आयोगले कारागारमा रहेका २९ तारिखमा छुटेका तथा अनुसन्धानको दायरामा आएर मुद्दा नचलेका दुईसहित ३३ जनासँग सोधपुछरबयान लिएको आयोगले सुनचाँदी व्यवसाय सम्बद्ध चारवटा संस्था, सीमापार व्यापारका प्रतिनिधि, नेपाल राष्ट्र बैंक, नेपाल बार एसोसिएसनका प्रतिनिधि, पूर्वप्रशासकलगायतसँग पनि सुन तस्करी नियन्त्रणसम्बन्धी राय लिएको तर, तस्करसँग हिमचिममा रहेका नेता, व्यापारी प्रशासकहरू अझै आयोगको अनुसन्धानरछानबिनको दायरामा आउन सकेका छैनन्

सुन तस्करीसँग जोडिएको जाँचबुझको काम बाँकी रहेकाले सबै कुरा अहिले नै उल्लेख गर्न नमिल्ने आयोगका अध्यक्ष आचार्यले बताएकाम बाँकी भएकैले थप समय मागेका थियौं,’ उनले भने, ‘थप समयभित्र तोकिएको काम पूरा गर्नेमा हामी अहोरात्र खटिन्छौं

सम्बन्धित समाचार