२०८३ बैशाख २० गते , आईतबार

झापा प्रहरीले भन्सारलाई बुझायो बेवारिसे सवारी साधन

sajilo news
परिवेश मिडिया
२०८० पौष २० गते , शुक्रबार
झापा प्रहरीले भन्सारलाई बुझायो बेवारिसे सवारी साधन

बिर्तामोड झापा प्रहरीले विभिन्न मितिमा बेवारिसे अवस्थामा बरामद गरेका सवारी साधन शुक्रबार मेची भन्सार कार्यालयलाई बुझाएको सवारी धनी सम्पर्कमा नआएपछि १९ लाख मुल्यका सवारी साधन आवश्यक कारबाहीका लागि प्रहरीले भन्सार कार्यालयको जिम्मा लगाएको हो

पुष १५ गते बजे दमक नगरपालिका वडा नम्बर स्थित महेन्द्र राजमार्गको दक्षिण किनारमा शंकास्पद रुपमा बेवारिसे अवस्थामा फेला परेको मे २१७५ उल्लेख भएको सेतो रङको १३ लाख मुल्यकोे बुलेरो पिकअप, पुष १४ गते बजे झापा भद्रपुर नगरपालिका वडा नम्बर कारागार कार्यालय अगाडी घोडामारा देखि जिल्ला प्रशासन कार्यालय भद्रपुर झापा आवातजावत गर्ने सडक खण्डमा फेला परेको मे १६५७ उल्लेख भएको रातो कालो रङको आरटिआर अपाची, को १३ ३१५२ उल्लेख भएको कालोमा रातो रङको १५० सिसिको पल्सर को ४५७८ नम्बर उल्लेख भएको रातोमा कालो रङको १५०  सिसिको  पल्सर सहित जम्मा दुई लाख ९० हजार बराबरको वटा मोटरसाइकल पुष १५ गते भद्रपुर गरपालिका वडा नम्बर स्थित लेखनाथ चोकदेखि गार्मेन्ट चोकको पुर्व तर्फको किनारामा बेवारिसे अवस्थामा फेला परेको मे १७७३ उल्लेख भएको रातो सेतो सुपर स्प्लेण्डर, मे   ७०३४ उल्लेख भएको कालो सेतो रङको १५० सिसिको पल्सर मे ११ ६३३९ उल्लेख भएको रातोमा कालो रङको २२० सिसिको पल्सर सहित तीन लाख दश बराबरको वटा मोटरसाइकल भन्सार कार्यालयको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

लागू औषध ओसारपसार, चोरी निकासीका मालवस्तु ओसारपसारमा प्रयोग भएका सवारी साधन प्रहरीको निगरानीमा परेपछि बेवारिसे छाडेर चालक भाग्ने गरेका छन् प्रहरीले त्यस्ता अपराधिक गतिविधीमा प्रयोग हुने सवारी साधन नियन्त्रणमा लिने गरेपनि मानिस भने पक्राउ पर्दैनन्

सम्बन्धित समाचार