२०८३ बैशाख २० गते , आईतबार

नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि भारतले १० अर्ब अनुदान दिने

sajilo news
परिवेश मिडिया
२०८० पौष २० गते , शुक्रबार
नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि भारतले १० अर्ब अनुदान दिने

काठमाण्डौ भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणका लागि १० अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको   बिहीवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा  दुई देशका बीचमा भएको उर्जा व्यापार सम्झौताअनुरुप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने भएको हो

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सो कुराको जानकारी दिए   उनले दुई देशका उर्जा सचिवहरुका बीचमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौता भएको पनि बताए

त्यस्तै नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी न्यु स्पेस इण्डिया लिमिटेडबीच नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको त्यसैगरी काठमाण्डौस्थित भारतीय दुतावासले अब एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्नसक्ने पनि सहमति भएको उनले जानकारी दिए

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १३२ केभी पावर क्षमताका तीनवटा प्रशारण लाइनको उद्घाटन भएको बताए राईले भैरहवा, रक्सौलपरवानीपुरको सेकेण्ड सर्किट कुसाहाकटैता सेकेण्ड सर्किट लाइन उद्घाटन भएको उल्लेख गर्दै यसले नेपालभारतका बीचमा उर्जा आदानप्रदानमा ठुलो सहयोग पुग्ने बताए घिसिङले ट्रान्समिसन लाइनको सम्बन्धमा भोलि चितवनमा उर्जा सचिव तहको बैठक बस्ने पनि जानकारी दिए

सम्बन्धित समाचार