२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोडमा झुण्डिएको अवस्थामा भेटिएका युवाको पहिचान खुलेन

sajilo news
परिवेश मिडिया
२०८० पौष १९ गते , विहीबार
बिर्तामोडमा झुण्डिएको अवस्थामा भेटिएका युवाको पहिचान खुलेन

बिर्तामोड । झापाको बिर्तामोडस्थित चिया बगानमा बिहीबार बिहान झुण्डिएको अवस्थामा भेटिएका युवाको पहिचान खुलेको छैन ।
'इलाम जितपुर तिरको भन्ने म्यासेज आएको छ तर पहिचान खुलेको छैन,' इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी सुरज कार्कीले भने ।
प्रहरीले घटनास्थल सुरक्षित गरि आफन्त खोजी गरिरहेको जनाएको छ । बिर्तामोड-६ स्थित राजमार्ग दक्षिण चिया बगानमा सेतो ज्याकेट लगाएका ती युवा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

सम्बन्धित समाचार