२०८३ बैशाख २० गते , आईतबार

शिवसताक्षीमा एक जना पुरुषको शव फेला

sajilo news
परिवेश मिडिया
२०८० पौष १९ गते , विहीबार
शिवसताक्षीमा एक जना पुरुषको शव फेला

बिर्तामोड । झापाको शिवसताक्षीमा एक जना पुरुषको शव फेला परेको छ ।
बिहीबार बिहान पौने आठ बजे
शिवसताक्षी-१० स्थित वाणिज्य संघको निर्माणाधिन भवन भित्र अन्दाजी वर्ष ४२ को धरान उपमहानगरपालिका-६ बस्ने यमकुमार धमलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । धमला बेवारिसे हालतमा मागी खाँदै हिड्ने गरेका थिए ।  
मृतकको शव भाउजु उमा बिष्ट आई सनाखत गरी कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार