२०८३ बैशाख २० गते , आईतबार

मेची राजमार्ग बन्दको कार्यक्रम स्थगित

sajilo news
परिवेश मिडिया
२०८० पौष १९ गते , विहीबार
मेची राजमार्ग बन्दको कार्यक्रम स्थगित

बिर्तामोड पहिचानवादीले आह्वान गरेको मेची राजमार्ग बन्दको कार्यक्रम स्थगित गरिएको आफ्ना कार्यकर्ता छुट्ने प्रक्रियामा रहेकाले बन्दको कार्यक्रम स्थगित गरिएको प्रदेश पुनः नामाङ्कन संघर्ष समितिले जनाएको

राजमार्ग बन्दका कारण हिजो दिनभर सवारी आवागमनमा अवरोध भएको थियो आज विहानैदेखि प्रहरीको सहजीकरणमा सवारी साधनहरु सञ्चालनमा आएका छन् पहिचानवादीहरुले कार्यकर्ताको रिहाइको माग गर्दै बुधबारबाट मेची राजमार्ग बन्द आह्वान गरेका थिए

केहिदिन अघि मेची राजमार्गको रोङमा पराल बोकेको गाडीमा आगजनी गरेको आरोपमा बुलेट किराँती पक्राउ परेका किराँतीको रिहाइको माग गर्दै पहिचानवादीहरुले मेची राजमार्ग बन्दको आह्वान गरेका थिए बुधबार साँझ जिल्ला अदालत झापाले किराँतीलाई दुई लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएपछि बन्दको कार्यक्रम स्थगित गरिएको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा प्रदेश पुनः नामाङ्कन संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीले जानकारी दिए धरौटी रकम व्यवस्था गरेर किराँतीलाई आज छुटाउने प्रयास भइरहेको उनले बताए

 

सम्बन्धित समाचार