२०८३ बैशाख २० गते , आईतबार

झापामा हात्तीको उपद्रो बढ्यो, बुद्धशान्तिमा तीन घर भत्कायो

sajilo news
परिवेश मिडिया
२०८० पौष १८ गते , बुधबार
झापामा हात्तीको उपद्रो बढ्यो, बुद्धशान्तिमा तीन घर भत्कायो

बिर्तामोड पछिल्लो केहि दिन यता झापामा हात्तीको उपद्रो बढ्दो हात्तीको उपद्रोका कारण मानिसको घर भत्किनुका साथै खाद्यान्न खाइ दिँदा ठूलो क्षति भइरहेको

हिजो राति जंगली हात्तीले झापाको बुद्धशान्तिमा तीनवटा घर भत्काएर क्षति पुर्याएको

सोमवार राति १२M५० बजे आएको हात्तीले बुद्धशान्ति गाउँपालिका वडा नम्बर आयाबारी थारु गाउँमा क्षति गरेको हो हात्तीले लुदा दनुवारको अन्दाजी १० मन धान खाएर घरको टाटीबेरा भत्काएर अन्दाजी रु ३० हजार बराबरको क्षति गरेको भने दिपनारायण दनुवारको पनि अन्दाजी १० मन धान खाएर घरको टाटीबेरा भत्काउँदा अन्दाजी रु ३० हजार बराबरको क्षति भएको त्यस्तै महेन्द्र दनुवारको पनि अन्दाजी १० मन धानसहित घरको टाटीबेरा भत्काउँदा अन्दाजी रु ३० हजार बराबरको क्षति गरेको

सोही हात्तीले नागिनप्रसाद चौधरीको कठ्ठा जग्गामा लगाएको आलु, बैगुन, टमाटर, कोपी, केरा गरी अन्दाजी ५० हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको

पीडितहरुले ईलाका प्रहरी कार्यालय बुधबारेमा हिजो साँझ निबेदनका साथ जानकारी गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

सम्बन्धित समाचार