२०८३ बैशाख २० गते , आईतबार

‘ग्याङ फाइट’ गर्न आएका भद्रपुरका युवा बिर्तामोड प्रहरी नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०८० पौष १७ गते , मंगलबार
‘ग्याङ फाइट’ गर्न आएका  भद्रपुरका युवा बिर्तामोड प्रहरी नियन्त्रणमा

बिर्तामोड । झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ गर्न आएका भद्रपुरका चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भद्रपुर-२ का १९ वर्षीय आदित्य राई , भद्रपुर-१ बस्ने २६ वर्षीय संजोक लिम्बू , सोही ठाउँका १८ वर्षीय दिपेश पुन मगर र २२ वर्षीय रोहन लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीले घरेलु हतियारसहित नियन्त्रणमा लिएको हो । 
उनीहरुको साथबाट घरेलु हतियार खुकुरी, चक्कु, दाउ र लाठ्ठी बरामद भएको प्रहरीले जनाएको छ ।
आज बिहानै बिर्तामोड-५ स्थित देवी मावि छेउबाट शुरु भएको झगडा र कुटपिट भद्रपुर बस स्टेण्डसम्म पुगेको थियो । प्रहरीले समयमा सुचना पाउँदा ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । 

सम्बन्धित समाचार