२०८३ बैशाख २० गते , आईतबार

निषेधित क्षेत्रमा धोती दिवस मनाउन खोज्दा प्रहरी हस्तक्षेप

sajilo news
परिवेश मिडिया
२०८० पौष १६ गते , सोमबार
निषेधित क्षेत्रमा धोती दिवस मनाउन खोज्दा प्रहरी हस्तक्षेप

काठमाण्डौ । जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस मनाउन भन्दै माइतीघरमा भेला भएकाहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ । आज बिहान मधेशी समुदायका केही व्यक्तिहरु सेतो धोती लगाएर ‘धोती दिवस लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेल भएको छ ।

सरकारले हाल माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

सम्बन्धित समाचार