२०८३ बैशाख २० गते , आईतबार

आज ११औँ नेपाली टोपी दिवस मनाइँदै

sajilo news
परिवेश मिडिया
२०८० पौष १६ गते , सोमबार
आज ११औँ नेपाली टोपी दिवस मनाइँदै

बिर्तामोड यस वर्षनेपाली टोपी : नेपाली पहिचान भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइएको विगत १० वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवसका रूपमा मनाइँदै आएको हो

अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्त्व झल्किन्छ कि भन्ने हेतुले टोपी दिवसको सुरुआत भएको हो अभियन्ताहरूका अनुसार नेपालमा पनि कुनै बेला दौरा सुरुवाल टोपीलाई राष्ट्रिय पोसाकका रूपमा लिइन्थ्यो तर ०६८ साल यता यी पोसाकलाई राष्ट्रिय पोसाकको सूचिबाट हटाइएको

अहिले हामी राष्ट्रिय पोसाकविहीन छौ तर अझै पनि दौरा सुरुवाल, टोपी गुन्यु चोलोमा नेपालीपनको आभास हुन्छ यो कुनै जाति विशेषको भन्दा पनि समग्र नेपालीलाई चिनाउने पहिरन हो,’ उनीहरूले भनेका छन्, ‘अर्कोतिर नेपाली समाजले आधुनिकताको नाममा मौलिकपन भुल्दै गएका छन् आँखा चिम्लेरै विदेशी संस्कार, खानपिन आकर्षणमा चुर्लुम्म डुब्न थालेका छन् अचेलका पुस्ता आधुनिक बन्ने होडमा फेसनदेखि बोलीसमेतमा पश्चिमापन झल्काउन थालेका छन् आफ्नो पारिवारिक, सामाजिक राष्ट्रिय विषयवस्तु अँगाल्दा पुरातन भइने डर युवा पुस्तामा नजानेर होइन कि जानेरै अन्धाधुन्धरुपमा पश्चिमा प्रवृत्ति अङ्गालिरहेका छन्

राष्ट्रिय पहिचान भने सङ्कटमा पर्दै गएको बताउँदै उनीहरुले जातीय पहिचानसँगै राष्ट्रिय पहिचानको पनि जगेर्ना हुनुपर्ने जिकिर गरेका छन् दौरा सुरुवाललाई जाती विशेष भन्दै हटाए पनि सबैको प्रतिनिधित्व गर्ने नेपाली टोपीलाई नेपालको पहिचानका रूपमा घोषणा गरियोस् भन्ने टोपी अभियानको मुख्य माग रहेको युगौँदेखि प्रचलनमा रहेको, कसैको आत्मसम्मानमा चोट नपुर्याएको बहुसङ्ख्यक नागरिकको प्रतिनिधित्व गर्ने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्नुपर्ने उनीहरूले बताएका छन्

सम्बन्धित समाचार