२०८३ बैशाख २० गते , आईतबार

मेघाबारीबासीलाई नेतृत्व विकास तालिम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० पौष ९ गते , सोमबार
मेघाबारीबासीलाई नेतृत्व विकास तालिम सम्पन्न

बिर्तामोड । बिर्तामोड वडा नम्बर ४ स्थित मेघाबारी टोलबासीका लागि नेतृत्व विकास तालिम सम्पन्न गरिएको छ । सोमबार गोमेन्द्र कलेजमा एक दिने तालिम सम्पन्न भएको हो ।

टोलबासीहरुको नेतृत्व क्षमता विकास गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्था श्री सिद्धिविनायक भजन किर्तन मण्डलीकी अध्यक्ष गीता पोखरेलले जानकरी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले नेतृत्व विकास हरेक नागरिकका लागि आवश्यक रहेको बताइन् । नेताको मात्र नेतृत्व विकास हुनु पर्छ भन्ने बुझाई गलत रहेको बताउँदै प्रसाईले सबै नागरिकको नेतृत्व विकास हुने हो भने समाजमा सकारात्मक सोँच विकास हुने र मुलुक समृद्ध हुने बताइन् । उनले मेघाबारीबासीको एकताको खुलेर प्रशंसा गरिन् । ‘मेघाबारीबासीले योजनाबद्ध ढंगले अघि सारेको योजना प्रशंसनीय छ,’ उनले भनिन्, ‘एउटा टोलबासीको एकताले यति ठूला योजना अघि सार्न सकिएको देखेर प्रभावित छु । सिद्धिविनायक भजन किर्तन मण्डलीको अगुवाईमा मेघाबारीमा बहुउद्धेश्यीय सामुदायिक भवन र नगरमै पहिलो पटक कर्मयोग भवन निर्माण प्रक्रिया अगाडी बढेको छ । 

कार्यक्रमका विशिष्ठ अतिथी बिर्तामोड वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्माले टोलबासीको अग्रसरताले नै समाजमा छिटो विकास हुने बताए । नेतृत्व विकासले विकास निर्माणका काम लगायत प्रशासनिक काम गर्न सहज हुने धारणा व्यक्त गरे । अर्का अतिथी गोमेन्द्र महाविद्यालयका प्राचार्य डा. रुपक खनालले नेतृत्व विकास आफैमा महत्वपूर्ण विषय भएको बताए । मानिसले हरेक कार्य गर्न नेतृत्व क्षमताको विकास आवश्यक हुने बताए ।

भिमा शिवाकोटीले सहजीकरण गरेको कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।

मण्डलीका सहसचिव केशव उप्रेतीले स्वागत गरेको कार्यक्रम सचिव उमा भट्टराईले सञ्चालन गरेकी थिइन् । 

सम्बन्धित समाचार